दसैँमा टाटा मोटर्सको ७५१ गाडी डेलिभरी


काठमाडौं । यो दसैँमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आइस गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएका छन् ।

यो वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुआत टाटा पन्च ईभीका दसैँमा ३७७ युनिट डेलिभरी भएको छ । सुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक टाटा पन्च ईभीमा कम्पनीले सोचेभन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।

सिजापतिका अनुसार, सुरुआती भेरियन्टमा पनि ग्राहकले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले राम्रो बजार लिइरहेको छ ।

टाटाको पन्च ईभीको साथ गत वर्षको नाडा अटो शोमा नै लन्च गरिएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको मोडल हो । यो दसैँमा पनि टियागो ईभीका १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । साथै, टाटाको टिगोर ईभीका १० र आइस गाडीका ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

यो दसैँमा एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टीका १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दसैँमा ७५१ टाटा कार डेलिभर गरेको छ । सिप्रदीले टाटा मोटर्सका निम्ति दसैँभर सिप्रदीको फास्ट डीसी चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ । साथै, टाटा मोटर्सले आफ्ना देशभरिका सर्भिस सेन्टरबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ ।