कति छ आज सुनको मूल्य ?


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।