आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: नेपालमा महिलाहरूको कृषि क्षेत्रमा ६० प्रतिशत योगदान


काठमाडौँ । १७ औं अन्तराष्ट्रिय ग्रामीण महिला दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी आज मनाइँदैछ । यो हरेक वर्ष अक्टोबर १५ मा मनाइन्छ। यस दिनले ग्रामीण महिलाहरूको योगदान, संघर्ष, सशक्तिकरण, र उनीहरूको अधिकारको प्रवद्र्धनलाई विशेष महत्व दिन्छ।

ग्रामीण क्षेत्रका महिलाहरूले कृषि, खाद्य सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, र समुदायको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। कृषि गणना २०७८ अनुसार कुल ४१ लाख ३० हजार ८ सय किसान घर परिवारमध्ये कृषिमा संलग्न महिलाको संख्या ६० प्रतिशत रहेको छ।

ग्रामीण महिलाहरू सामान्यतया कृषि कर्ममा संलग्न हुने गरेको पाइन्छ । उनीहरू खेतबारीमा काम गर्ने मात्र नभएर घरायसी कार्यहरू, पशुपालन, बगैंचाबारीको व्यवस्थापन, छोरा छोरीको लालनपालन तथा रेखदेख र दैनिक जीवनका लागि आवश्यक स्रोतहरूको व्यवस्थापनमा कार्यमा संलग्न हुने गर्दछन । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवसको सुरुवात गरिएको थियो, र नेपालमा यसलाई वि.सं. २०७० देखि मनाउन थालिएको हो।