स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी अहिले गृह जिल्ला बैतडीमा छन् । जिल्लामा आयोजीत विभिन्न कार्यक्रमहरूमा सहभागी भएका मन्त्री भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गरेका छन् । उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरू क्रमशः कार्यान्वयन गरिरहेको बताए । रोजगारी श्रृजना गर्नका लागि स्थानीय स्राेत साधनकाे उपयोग बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजीत कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरूलाई उजागर गरि त्यसको व्यवस्थापनमा लागिरहेको बताए । जिल्ला स्थीत विभिन्न खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको उनको भनाई छ ।

उनले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थीत गरि बैतडीको सिलेट राजधानी पु¥याउने प्रतिवद्धता व्यक्त गरे । अहिले यी खानीहरु भएको ठाउँमा सडक पु¥याउन समेत केहि अवरोध श्रृजना भएको देखिन्छ सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने उनको भनाई छ । रोजगारीको सम्भावना भएका क्षेत्रमा विकास निर्माण गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह गरे ।

मन्त्री भण्डारीले आफ्नो आँखा अगाडीको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताए ।
“हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिचाईको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्कील छ । सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरू उत्पादन गरि बिक्रि गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ,”उनले भने ।

मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा (एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिवद्धता व्यक्त गरे ।