मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौं । मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य ३०० रुपैँयाले बढेकाे हाे ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।