काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चोकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई मिति २०८१ कात्तिक ०८ गते र ९ गते सम्पन्न गरेको छ ।
दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए ।
उक्त कार्यक्रममा पूजीं बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए ।

 
                            

                    
प्रतिक्रिया दिनुहोस्