असोजसम्म लघु जीवन बिमा कम्पनीले गरे २२ करोडको व्यापार, कुनको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को प्रथम त्रैमास (साउन–असोज) सम्म सञ्चालनमा रहेका तीन वटा लघु जीवन बिमा कम्पनीहरूले २२ करोड रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजसम्म तीन वटा कम्पनीहरूले ४ लाख ३० हजार ४५० वटा बिमालेख जारी गरेर २२ करोड १३ लाख ५४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी व्यापार गार्डियन माइक्रो लाइफले गरेको छ । यो कम्पनीले २ लाख ९९ हजार ४५७ वटा बिमालेख जारी गरेर ८ करोड ७१ लाख ४६ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै क्रेष्ट माइक्रो लाइफले र ८५ हजार ८३६ वटा बिमालेख जारी गर्दै ७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने लिबर्टी माइक्रो लाइफले ४५ हजार १५७ वटा बिमालेख जारी गरेर ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।