सिटिजन्स बैंकको ४.२१ प्रतिशत लाभांश पारित


काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभाबाट ४.२१ प्रतिशत लाभांश पारित गरेको छ ।

सोमबार सम्पन्न भएको बैंकको साधारण सभाले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सधारण सभाले गत आर्थिक वर्ष २०८०–८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।