गरिमा क्यापिटलको ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस कार्यक्रम अन्तर्गत कार्तिक ११ गते नवलपरासीकाे देवचुली नगरपालिका वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आई.ओ.एस सिओद्वारा प्रवद्र्घन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धी जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने गर्दछ ।