काठमाडाैँ । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् ।
सोमवार काठमाडाैँमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताए ।
उनले पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गरे । उनले व्यवसायीहरूको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको बताए । उनले साढे ११ र १२ प्रतिशत (६५४ अर्ब) को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिए । उनले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताए ।
उनले स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्