काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को प्रथम त्रैमास (साउन–असोज) निर्जीवन बिमा कम्पनीहरूले पहिलो त्रैमासमा ११ अर्ब ३८ करोड बढी कुल बिमा शुल्क संकलन गरेका छन् । संचालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कुल ६ लाख ६८ हजार १४० वटा बिमालेख जारी गरी कुल ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।
उक्त अवधिसम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बिमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । त्यसैगरि शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९० करोड ९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने ओरिएण्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा यूनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने सानिमा जिआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
त्यसैगरि राष्ट्रिय बिमा कम्पनीले ५७ करोड ३९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा प्रभु इनस्योरेन्सले ४७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्