तिहार विशेष मौसम बुलेटिन: पहाडी र हिमाली क्षेत्रका केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभागले यस वर्ष तिहार पर्वको अवसरमा विशेष मौसम बुलेटिन जारी गरेको छ।

यस बुलेटिन अनुसार, तिहारका विभिन्न दिनहरूमा नेपालका पहाडी र हिमाली क्षेत्रको मौसममा आंशिक परिवर्तन देखा पर्ने सम्भावना छ। तिहारको चतुर्दशी (१५ गते) देखि द्वितीया (१८ गते) सम्म देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल लाग्ने, मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ। यस क्रममा, देशका धेरैजसो स्थानमा तापक्रम घट्ने देखिएको छ। विभागले तिहार अवधिभरको थप अद्यावधिक जानकारी प्राप्त गर्नका लागि तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा हेर्न र महाशाखाको वेबसाइटमा सम्पर्क राख्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग परिवारले तिहार पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै, मौसमी परिवर्तनलाई ध्यानमा राख्न सबैलाई सचेत रहन अनुरोध गरेको छ।