काठमाडाैँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ अन्तर्गत प्राप्त अधिकारको आधारमा १८ वटा कार्यविधिहरू तयार गरेको छ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा हासिल गरिएका उपलब्धि र सुधारका प्रमुख कार्यहरू सार्वजनिक गर्दै उक्त विषय जानकारी दिएका हुन् । .
यी कार्यविधिहरूमा सेवा प्रदायक संस्थाहरूको सुचिकरण, स्वास्थ्य बिमा कार्यक्रमको नमुना स्थानीय तह घोषणा, स्वास्थ्य बिमा कोष संचालन र व्यवस्थापन, बैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने, प्रदेश र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा संचालन, कैदी तथा थुनुवालाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने, प्रेषण सेवा, सहभुक्तानी प्रणाली, रियल टाइम दाबी गर्ने प्रक्रिया, तथ्यांक उपलब्धता, बाल सुधार गृहमा रहेका बालबालिकालाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने, बिमा दाबी समीक्षा र मुल्यांकन, करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा, कर्मचारी सेवा करारमा लिने प्रक्रिया, विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध गर्ने प्रक्रिया, दावी समिक्षकहरूका लागि एसआाेपी र स्वास्थ्य बिमा रणनीतिक मार्गचित्र समावेश छन्।
उक्त कार्यविधिहरू स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन र व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यका साथ तयार गरिएका बसाैलाले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्