सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबिच सम्झौता


काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँको बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरबिच सम्झौता भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।