विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले १८ करोड ३२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थताहरुको मुद्दती निक्ष्ोपमा लगानी गर्ने भएको छ ।

नोभेम्बर १९ २०२४ देखि डिसेम्बर १६ २०२५ सम्म ३९३ को लागि राष्ट्र बैंकको विभिन्न कोषमा रहेको १८ करोड ३२ लाख रुपैयाँ मुद्दतीमा राख्न लागेको हो ।

मुद्दतीमा राख्नको लागि वाणिज्य बैंकको लागि १४ करोड ६७ लाख रुपैयाँ, विकास बैंकको लागि २ करोड ७४ लाख रुपैयाँ र फाइनान्स कम्पनीका लागि ९१ लाख रुपैयाँ राष्ट्र बैंकले छुट्टाएको छ ।

मुद्दती निक्षेपमा रुपमा लिन चाहेको रकम बैंक तथा वित्तीय संस्थाहरुले खुलाई कात्तिक २७ गते मंगलबार राती १२ बजेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।