अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजान्छौँः सभापति खतिवडा


काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले बैठकमा विधेयकका बारेमा धेरै राम्रो छलफल भएको बताए । प्रदेशमा अख्तियार के गर्ने ? बेनामे के गर्ने ? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने ? भन्नेबारेमा समिति स्पष्ट हुनुपर्ने जरुरी रहेको बताए । 

उनले भने, “आज फ्रुटफुल छलफल भएको छ । अख्तियारका बारेमा आएका विधेयकको बारेमा हामीले रिटायर्डपछि लैजाने÷नलैजाने एउटा छ । उपसमितिलाई पनि क्राइटएरिया भित्र पर्छ जस्तो लाग्छ । प्रदेशमा अख्तियार के गर्ने ? बेनामे के गर्ने ? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने ? यसमा स्पष्ट हुनुपर्ने जरुरी छ ।”

उनले अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेको बताए ।