अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेः अध्यक्ष भण्डारी


काठमाडाैँ । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताएका छन् ।

अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको बताएका हुन् । उनले अस्वभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन माग गरे ।

अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गरे । उनले अहिले अन्य समयमा ३०÷३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्म तिर्नुपर्ने अवस्था आएको उल्लेख गरे । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकले भाडा महँगीका कारण श्रमिकहरूको बिच्चली रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु हवाई भाडा वृद्धि र टिकट नपाउँदा अफ्ठ्याराे अवस्थामा रहेको बताए । उनले श्रम,पर्यटन र परराष्ट्र मन्त्रालयलाई हवाई भाडा नियन्त्रणको लागि दबाब दिइरहेको पनि बताए । अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र विदामा आएर फर्किने ५ सय गरी दैनिक २ हजार जना विदेश जाने गरेको बताए ।

उनले अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन पनि हुँदा हवाई टिकट पाउन मुस्किल रहेको बताए । उनले हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उल्लेख गरे । उनले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर टिकटको मूल्य २÷३ सय प्रतिशतसम्म बढाएको आरोप लगाए ।अध्यक्ष भण्डारीले सिजनको समयमा विगतमा १५÷२० प्रतिशतसम्म हवाई भाडा बढ्ने गरेको भए पनि अहिले एकैचोटी २÷३ सय प्रतिशतले बढ्नु राम्रो नभएको बताए ।उनले ट्राभल एजेन्सीहरुले पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको बताए ।