काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको छ।
गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।
डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेका उद्योगले महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो ।
प्रतिक्रिया दिनुहोस्