काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ ओटाको सेयरमूल्य घटेको छ।
विहीबार जानकी फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड २४ लाख ९९ हजार ३८९ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन गुराँस लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.१२ प्रतिशतले घटेको छ ।
कुल ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्