सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद एवं नेता डा. शेखर कोईरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताए ।

उनले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताए । सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने उनकाे माग छ ।  

नेता कोईरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने बताए ।