काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुह घटेका छन् भने बाँकी ९ ओटा उपसुमह बढेका छन् ।
आइतबार न्याग्दी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड १७ लाख रुपैयाँ बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा २ ओटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कुल ३२६ कम्पनीको २ करोड ४४ लाख ६ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ७५ लाख ६ हजार ९ सय ४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्