नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतिहरू आँउछन्ः सचिव मरासिनी


काठमाडाैँ । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् ।

सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै सचिव मरासिनीले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भएपनि नेपालले खासै विकास गर्न नसकेको बताएका हुन् । उनले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरू आर्थिक रुपमा माथि पुगेको बताए ।

नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताए । उनले स्तरोन्ति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउनुपर्ने चुनौति रहेको बताए । 

उनले मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताए । उनले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताए ।