राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

बिहीवार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबिच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तित्वहहरूको उपस्थिति रहेको थियो ।

नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहेको छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधवार नेपाल आएका थिए ।