काठमाडौं । सरकारले नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगेल र निरौलालाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्षहरुलाई अर्थमन्त्रालयका आज आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए ।
अर्थमन्त्री पौडेलले नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्