काठमाडौँ। चालु आर्थिक वर्ष २०८१\०८२ को चार महिना कार्तिकसम्म निर्जीवन लघु बिमकले २६ करोडभन्दा बढी रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा चार वटा लघु निर्जीवन बिमकले १ लाख १ हजार ३६१ वटा बिमालेख जारी गर्दै २६ करोड १४ लाख ६४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्। जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३० हजार ६६२ वटा बिमालेख बिक्री गरेर ७ करोड ९० लाख २० हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।
त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २२ हजार ९३८ वटा बिमालेख बिक्री गरेर ६ करोड ४१ लाख ८३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले २० हजार ९९२ वटा बिमालेख बिक्री गरेर ५ करोड ९३ लाख १० हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।
त्यसैगरि स्टार माइक्रो इन्स्योरेन्स २६ लाख ७६९ वटा बिमालेख बेचेर ५ करोड ८९ लाख ५१ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेकाे प्राधिकरणकाे तथ्यांकले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्