काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल हेर्नका लागि एनसेलले ‘एनपीएल फ्यान प्याक’ ल्याएको छ ।
एनसेलले सधंै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याक लागु गरेको हो । अफर अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल अवधीभर अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् ।
साथमा ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध रहेको एनसेलले जनाएको छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुने जनाइएको छ ।
सधै अन प्याक अन्तर्गत ग्राहकहरूले रु. ३९९ देखि रु. एक हजार ४९९ सम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउने भएका हुन्।
डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर पनि ल्याएको छ । ग्राहकहरूले रु. ५० मा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् । त्यसैगरी रु. १२५ (३ दिन), रु. १९९ (७ दिन) र रु. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा पनि लिन सकिने जनाएको छ ।
भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ ।
यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् ।
एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसिमा), रु. १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँन सक्छन् ।
एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु रहेको फाउन्डेसनले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ ।
साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुर्याउने एनसेलेको भनाइ छ ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस्