५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि बोलकबोल माध्यमबाट २१ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले पुस ७ गते यसको साँवा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।