चार महिनामा लघु जीवन बिमकको कुल बिमाशुल्क २६ करोडभन्दा माथि, कसको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को चार महिना कार्तिकसम्म लघु जीवन बिमकले ३० करोडभन्दा बढी रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका तीन वटा लघु जीवन बिमकले चार महिनामा ४ लाख ५५ हजार ४९० वटा बिमालेख जारी गरेर ३० करोड ५७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी धेरै गार्डियन माइक्रो लाइफ रहेको छ। उक्त कम्पनीले ३ लाख १३ हजार १४५ वटा बिमालेख जारी गर्दै ११ करोड ९० लाख ६८ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै क्रेष्ट माइक्रो लाइफ रहेको छ। उक्त कम्पनीले ९५ हजार १४ वटा बिमालेख जारी गरेर ११ करोड १४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै लिबर्टी माइक्रो लाइफले ४७ हजार ३३१ वटा बिमालेख जारी गरेर ७ करोड ५२ लाख २६ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।