काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसुमहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार कारोबार रकमको आधारमा न्याग्दी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ७४ लाख ३७ हजार ७६४ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा इङ्वा हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।
कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै अप्पर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.५१ प्रतिशतले घटेको छ ।
कुल ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्