काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए ।
उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने उल्लेख गरे । प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउँन नसक्ने बताए । उनले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने जानकारी दिए ।
उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने उल्लेख गरे । कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने,रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताए ।
उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको उल्लेख गरे । विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनकाे भनाइ छ । उनले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए । प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको उनले उल्लेख गरे ।
उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजिकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको उनकाे भनाइ छ ।
उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे । नेपालमा २८ हजार मेगावटको पीपीए भयो भने आरोआर र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्