एनएमबि बैंकले नदिने भयो लाभांश


काठमाडौँ । एनएमबि बैंकले लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८० ८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोहि बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।