काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओट उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी एक ओटा कम्पनीको सेयरमूल्य घटेको छ ।
बुधबार कारोबार रकमको आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड १५ लाख २ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा न्यादी हाइड्रोपावर लिमिटेडका लगनीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागको छ ।
कुल ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्