काठमाडाैँ । नेपाल बिमा प्राधिकरणले गत असोज १० देखि भएको निरन्तर वर्षाका कारण विभिन्न बिमा कम्पनीहरूले प्राप्त गरेका क्षतिको विवरण सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार गत मंसिर २६ गतेसम्म निर्जीवन बिमा र निर्जीवन लघु बिमा गरी कुल १२ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी परेको देखिएको छ। तर, बिमकहरूले हालसम्म जम्मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन्।
समग्रमा ३ हजार ५४९ बिमा दाबी परेका थिए, तर भुक्तानी भने १ हजार ५१४ दाबीमा मात्र भएको छ। दाबी भुक्तानी प्रक्रियामा देखिएको ढिलाइका कारण धेरै पीडितहरू आर्थिक संकटमा छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५०८ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले २१९ वटा दाबीको २५ करोड ५२ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरेको छ।
सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरमा ४५७ वटा दाबी परेको छ। ती दाबीको १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। कम्पनीले हालसम्म ४०७ वटा दाबीको ३० करोड ७८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ।
यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ५२ करोड ९६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १४० वटा दाबीको ४ करोड ४९ लाख २४ हजार रुपैयाँ भुक्तानी गरेको छ।
सगरमाथा लुम्बिनीले ४२२ वटा दाबीको १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५२ वटा दाबीको १ अर्ब १ करोड ६ लाख रुपैयाँ, सानिमा जीआईसीले २२४ वटा दाबीको ९५ करोड ७५ लाख रुपैयाँ, युनाइटेड अजोडले ३३३ वटा दाबीको ७४ करोड ४५ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २०२ वटा दाबीको ६७ करोड ३८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म सगरमाथा लुम्बिनीले १३७ वटा दाबीको १४ करोड ५४ लाख १ हजार रुपैयाँ, हिमालयन एभरेष्टले ११७ वटा दाबीको १० करोड ९३ लाख ७६ हजार रुपैयाँ, सानिमा जीआईसीले ४० वटा दाबीको ९ करोड ५१ लाख ४ हजार रुपैयाँ, युनाइटेड अजोडले ६२ वटा दाबीको १ करोड २८ लाख ८४ हजार रुपैयाँ र नेको इन्स्योरेन्सले २०२ वटा दाबीको ८ करोड १३ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेका छन्।
नेसनल इन्स्योरेन्सले १०९ वटा दाबीको ५१ करोड ८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १९६ वटा दाबीको ५० करोड ५८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २९४ दाबीको ४५ करोड ३७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८६ वटा दाबीको ४२ करोड ६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको २० करोड ७९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १९ वटा दाबीको २० करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म नेसनल इन्स्योरेन्सले ६ वटा दाबीको ४३ लाख ९९ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४३ वटा दाबीको २ करोड ५४ लाख ७२ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलले १३० दाबीको ८ करोड ६६ लाख ९५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४१ वटा दाबीको १ करोड ४८ लाख ५९ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४२ वटा दाबीको १ करोड २० लाख १२ हजार रुपैयाँ भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म एउटा दाबीको पनि भुक्तानी गरेको छैन।
त्यस्तै निर्जीवन लघु बिमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म स्टार माइक्रोले ३ वटा दाबीको २ लाख ५० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको १ लाख १८ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्। ट्रस्ट माइक्राले भने एउटा पनि दाबीको भुक्तानी गरेको छैन।
त्यस्तै प्राधिकरणकाे तथ्याङ्क अनुसार प्रदेशहरूकाे हकमा बागमती प्रदेशमा सबैभन्दा बढी क्षति भएको विवरणमा उल्लेख छ, जहाँ १० अर्ब ७४ करोड रुपैयाँ बराबरको दाबी परेको छ। यसमध्ये १ अर्ब ७ करोड रुपैयाँ मात्र भुक्तानी गरिएको छ।
कोशी र मधेश प्रदेशमा पनि वर्षाका कारण व्यापक क्षति भएको छ। कोशी प्रदेशमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको दाबी परेको भए पनि भुक्तानी रकम ८ करोड ६९ लाख रुपैयाँमा सीमित छ। यस्तै, मधेश प्रदेशमा परेका २५ करोडभन्दा बढी रुपैयाँ बराबरको दाबीमध्ये ९ करोड ४७ लाख रुपैयाँ मात्र भुक्तानी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्