काठमाडौँ । टक्सार म्यागजिनकर्मी अनुप आचार्यसहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तीन सदस्य पुरस्कृत भएका छन् ।
नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाको अवसरमा आवेदन परेकामध्ये तीन उत्कृष्ट समाचार पुरस्कृत भएका हुन् ।
सातौं महासभाको अवसरमा विभिन्न विषयमा खोजमुकल समाचार लेख्ने नाफिजका सदस्यहरूलाई सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार, सिविफिन नाफिज बैंकिङ पुरस्कार र ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कारका लागि दूध किसानको समस्याको समाचारका लागि अनलाइनखबरका अमृत चिमरिया र सिविफिन नाफिज बैंकिङ पुरस्कार टक्सार म्यागजिका आचार्यलाई प्रदान गरिएको छ ।
आचार्यले बैंकको काउन्टर ग्यारेन्टीको समाचारले उक्त पुरस्कार पाएका हुन् । पुरस्कृत हुने दुवै जनाले नगद ५०/५० हजार र प्रमाण पत्र प्रदान गरिएको छ ।
शारदादेवी–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कारमा उकालो डटकमका लोकेन्द्र विश्वकर्मा एक लाख रूपैयासहित पुरस्कृत भएका छन् । उनले राष्ट्रपति शैक्षिक सुधार परियोजनाका विकृतिका समाचारका लागि उक्त पुरस्कार पाएका हुन् ।
तीनजना पुरस्कृत आर्थिक पत्रकारलाई सुचना, सञ्चार तथा प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्