एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर मैदानमा


काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स मैदानमा उत्रिदैँ छन् ।

बुधबार दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने हार्ने टोली फाइनलका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्न लागेको सुदूरपश्चिम उच्च मनोबलका साथ मैदानमा उत्रिदैँ छ छ भने ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्न लागेको जनकपुर पछिल्लो लयलाई निरन्तरता दिदैँ फाइनलमा पुग्ने होडमा छ ।

यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले जितेको थिए । १२४ रनको लक्ष्य दिएको रोयल्सका बलरले जनकपुरलाई सुदूरले ५१ रनमा अलआउट गरेका थिए ।