काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भएपनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले निगमले भएका वाइडबडी र न्यारोवडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको संकेत गरे । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई बिस्तार र हवाई टिकट सर्वसुलभ(सस्तो) बनाउनुपर्ने भुमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताए । उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताए ।
उनले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताए । उनले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरु र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजिमा लागेको बताए ।
उनले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रश्तुत गर्न एक महिनाको समय दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्