नेप्से ६.३८ अंकले बढ्दा ६ अर्ब ४० करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ६.३८ अंकले बढेर २६५३.२३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार न्यादी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ५३ लाख ४९ हजार ५९७ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा समृद्धि फाइनान्स र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बुधबार सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०५ कम्पनीको एक करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।