काठमाडौँ । बैँक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को अध्यक्षमा नबिल बैँकका अध्यक्ष उपेन्द्र पौडेल चयन भएका छन् ।
सिबिफिनको पाँचौँ वार्षिक साधारण सभाबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित पदाधिकारीहरूमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव चयन भएका छन् ।
यस्तै एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव, गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष निर्वाचित भएका छन् ।
कार्यकारी सदस्यहरूमा प्रभु बैकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आइएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंक लि.का अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल निर्वाचित भएका छन् ।
कुमारी बैंकका सञ्चालक राजाराम खड्का, कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन पनि सिबिफिनको नयाँ कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।
सिबिफिनको विधानअनुसार वाणिज्य बैंककोतर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १० जना, विकास बैंककोतर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्यसहित ४ जना र फाइनान्स कम्पनीकोतर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित ३ जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।
“उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार: दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा मिति २०८१ पुस १९ गते सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्