काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० सम्पन्न भएकोे छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सवको रुपमा आयोजित कार्यक्रममा यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको छ ।
उपविजेताको रुपमा मेल्ट डाउनलाई २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै एक लाख रुपैयाँ प्राप्त गरेको छ ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको औँल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्