अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले समेत उडान प्रभावित गर्न सक्दैनः अर्थमन्त्री


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन् ।

शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीवारदेखि लागू भएको थियो । उनले उक्त प्रणालीले कम भिजिविलिटीमा उडान गर्न सक्ने बताए ।

उनले भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत बताए । उनले आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गरे । उनले सरकारले अगाडि बढाएका आयोजनाहरुको विरोध नगर्न समेत आग्रह गरे। उनले सरकारको कमी,कमजोरी औंल्याउँदै सरकारले गरेका राम्रा कामहरु सबैले साथ दिनुपर्ने बताए ।