सडकमा गुडिरहेका २९२ वटा सवारी साधन चेकजाँच गर्दा १७४ वटा फेल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९२ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा १७४ वटा ६० प्रतिशत सवारी साधन फेल भएका छन् ।

यसमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारी साधन चेकजाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २२१ वटा चेकजाँच गर्दा १६० वटा फेल थिए । सवारी साधनबाट वायु प्रदुषणमा पार्ने असर घटाउन महानगरपालिकाले चेकजाँच गरिरहेको हो ।

यस क्रममा फेल भएका सवारी साधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । पुस २९ गतेदेखि थालिएको यो सचेतनात्मक नियमित चलिरहेको छ ।

सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ ।