क्रेस्ट माइक्रो लाइफको आइपीओ बिक्री खुला


काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज (मंगलबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिmक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आइपीओ निष्काशन गर्ने अनुमती पाएको छ । सोही अनुसार २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको हो । जसमध्ये कम्पनीले १० प्रतिशत हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता आवेदन दिन सकिने जनाइएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडका अनुसार आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ।