काठमाडाैँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले सरकारसँग विपद्जन्य घटनाहरुबाट भएको भौतिक संरचनाहरको क्षतिको पुनःनिर्माणका लागि श्रोत सुनिश्चितताबारे जवाफ माग गरेका हुन् ।
उनले यसबारेमा सरकारले सोचेको छ की छैन ? भन्दै प्रश्न गरे । जाजरकोटको भूकम्पबाट करिव ९२ हजार भन्दा बढी घरहरुको पुनःनिर्माण गर्नुपर्ने आँकलन गरिएको तर कतिपय नागरिकले दोस्रो किस्ता समेत नपाएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले मंसिर अन्तिमसम्म असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने भनिएपनि अभैm कतिपयले पहिलो किस्ता समेत नपाएको गुनासो गरे ।
महामन्त्री थापाले जाजकरोट भूकम्प, असोजको बाढीका बारेमा गरिएका कामहरुको श्रोत कसरी जुटाउने ? भन्दै सरकारलाई प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्