काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसुमहको सेयरमूल्य घटेको छ ।
सोमबार नेपाल रिपब्लिक मिडियाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ४४ लाख ७८ हजार ९९ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज बोटलर्स नेपाल (बालाजू) र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २३५ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्