काठमाडौँ । नेपाल सरकारले हालै लागू गरेको संशोधित बिउ बिजन नियमावलीका कारण पुष्प तथा पुष्पजन्य वस्तुको आयात प्रक्रियामा देखिएको समस्या समाधानका लागि फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले तीन सदस्यीय परामर्श समिति गठन गरेको छ।
सोमबार फ्यान कार्यालयमा फ्यान पदाधिकारीहरू तथा पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ताहरूबिच बसेको बैठकमा नियमावलीका कारण उत्पन्न समस्याहरू, हालको अवस्था तथा सम्भावित समाधानका उपायहरूबारे छलफल भएको थियो। बैठकले आवश्यक सहजीकरणका लागि तीन सदस्यीय परामर्श समिति गठन गर्ने निर्णय गरेको जनाएकाे छ ।
समितिमा फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष मिनबहादुर तामाङ र पूर्व अध्यक्ष लोकनाथ गैरे रहेका छन्। उक्त समिति मार्फत सरकारसँग आवश्यक पहल गरिने फ्यानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्