झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसुमहको सेयरमूल्य घटेको छ ।

मंगलबार सिइडिबि होल्डिङ्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ४७ लाख एक हजार ८४१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिक्लेस हाइड्रोपावर, भभगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल २९९ कम्पनीको एक करोड ३९ लाख ८ हजार ७८४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २० करोड १३ लाख ५० हजार ८५ रुपैयाँको कारोबार भएको छ ।