बुधबार सुनको मूल्य २ हजार ७०० रुपैयाँले घट्यो


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ हजार ७०० रुपैयाँले घटेर एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।