काठमाडाैँ । काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाले नेपाली नागरिकलाई लक्षित गरी काष्ठकला, मूर्तिकला र हस्तकला (सेरामिक्स) विषयमा तीन महिनाको तालिम उपलब्ध गराउने जनाएको छ।
तालिममा सहभागी हुन चाहने व्यक्तिले फागुन ५ गतेभित्र आवेदन दिनुपर्नेछ। न्यूनतम ८ कक्षा उत्तीर्ण गरेका १८ देखि ४५ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, कमलादीस्थित एकल सेवा केन्द्रबाट फाराम प्राप्त गर्न र बुझाउन सकिनेछ। साथै, इच्छुकले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
महानगरपालिकाले यस तालिमका लागि ६० जना प्रशिक्षार्थी छनोट गर्नेछ, जसमा प्रत्येक विषयमा २०-२० जनालाई सहभागी गराइनेछ। छनोट प्रक्रिया प्राथमिकता श्रेणीका आधारमा हुने महानगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्