नेपालको वित्तीय संघीयता सहयोगमा रोक


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको सुझावमा गठन गरेको सरकारी दक्षता विभाग (डोज) ले नेपालमा सञ्चालित दुई सहायता परियोजनाअन्तर्गत ३९ मिलियन अमेरिकी डलर (५ अर्ब ३८ करोड २० लाख रुपैयाँ बराबर)अन्तर्राष्ट्रिय सहायता कार्यक्रमहरू कटौती घोषणा गरेको छ ।

जसमध्ये  वित्तीय संघीयताको लागि २ करोड अमेरिकी डलर (२ अर्ब ७६ करोड रुपैयाँ) र जैविक विविधता संरक्षणको लागि १ करोड ९० लाख अमेरिकी डलर (२ अर्ब ६२ करोड २० लाख रुपैयाँ) का सहायता कटौती गरिएको जनाइएको छ ।

वित्तीय संघीयता सहायता कटौती

अमेरिकी सरकारी दक्षता विभाग (डोज)ले वित्तीय संघीयताका लागि सहयोग कटौती गरेपछि सन् २०१७ देखि सञ्चालित परियोजनाहरू प्रभावित हुने देखिएको छ। नेपालमा संघीय शासन प्रणालीलाई सफलतापूर्वक कार्यान्वयन गर्न भन्दै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को ‘साझेदारी – संघीयतामा सहयोग’ कार्यक्रम अन्तर्गत प्रदेश र पालिकाहरूमा यो सहायता प्रवाहित हुँदै आएको छ ।
यसैगरि सार्वजनिक वित्त व्यवस्थापन (दीगो वित्त) अन्तर्गत सञ्चालित कार्यक्रम पनि रोकिने छ ।