काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद कमला पन्तले नेपालमा भ्रष्टाचार झनै बढेको बताएकी छिन् ।
आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल गरेको अध्ययन प्रतिवेदनअनुसार यस वर्ष सन् २०२३ को भन्दा कम अंक पाएको बताए ।
उनले नेपालमा भ्रष्टाचार झनै बढेको र सुशासन झनै कमजोर हुँदै गएको तथ्यांकले देखाएको उल्लेख गरे । सन् २०२३ को भन्दा पनि कम हुनुमा के कमजोरी भए त्यसको मूल्यांकन गर्न उनले आग्रह गरे ।
उनले दिगो विकासको लक्ष्य प्राप्ति गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्